← समाचारमा फर्कनुस्
Football Jun 29, 2023 · Shishir

विश्वविजेता अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमा कायमै

विश्वविजेता अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमा कायमै

फिफाले आज सार्वजनिक गरेको नया वरियतामा कतार विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा यथावत रहेको छ।

दुईमहिना अघि शिर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले यसलाई निरन्तरता दिन सफल भएको हो।

फ्रान्स दोस्रो स्थानमा रहदा ब्राजिल तेस्रो स्थानमा रहेको छ।

त्यस्तै इंग्ल्याण्ड चौथो, बेल्जियम पाँचौ स्थानमा छन् भने क्रोएसिया छैटौं, नेदरल्याण्ड्स सातौं स्थानमा छन्। इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन्।

एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २०औं स्थानमा रहँदा इरान २२औं स्थानमा छ। अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →