← समाचारमा फर्कनुस्
Football Jul 06, 2023 · Shishir

एपीएफका ११ खेलाडी प्रशिक्षणमा फर्किए

एपीएफका ११ खेलाडी प्रशिक्षणमा फर्किए

एपीएफका महिला खेलाडी प्रशिक्षणमा फर्किएका छन्। यसअघि एपीएफले एसियाली खेलकुदको तयारीमा रहेका ११  खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले डाकेको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो।

असोजबाट शुरू हुने १९औँ एशियन गेम्सको तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।

महिला टोलीको प्रशिक्षण गत आइतबारदेखि हुने भनिएको थियोे। तर, गत जेठ २७ गते सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको थ्री स्टार क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेलसँग खेल मिलेमतो गरेको तथा गैरकानुनी रुपमा दुई विदेशी खेलाडीलाई मैदान प्रवेश गराएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियोे। एन्फाले उक्त उजुरीउपर कुनै पनि जवाफ नदिएपछि एपौएफले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियोे। जसका कारण पछिल्लो चार दिन महिला टोलीको प्रशिक्षण रद्द भएको थियोे।

तर, बिहीबार दिउँसो खेलाडीहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित भएका थिए। मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार बिहीबार सामान्य प्रशिक्षण गराइएको छ। उनले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली छनोट गरिसकेका छन्। ‘आजबाट प्रशिक्षण शुरू गरेका छौँ। सबै खेलाडीको सहभागीता रहेको छ,’ उनले भने।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →