दशौं राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो।
प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। नयाँ मिति तय भएसँगै अब प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउनुपर्ने चुनौती आयोजकसामु छ।
मङ्सिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै अब निर्धारित समयभित्र तयारी पूरा गर्दै दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |