← समाचारमा फर्कनुस्
Top Headlines Nov 25, 2026 · Swadesh

दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न फुल कोर्ट (५×५) विधाका दुई खेलमा दुवै टोलीले जित निकालेका हुन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को फराकिलो अन्तरले पराजित गरेको छ । पुलिसले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै २३ अंकको अन्तरमा जित निकालेको हो ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरपश्चिमले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै सहज जित हासिल गरेको हो ।

महिला बास्केटबलतर्फ बुधबार दिउँसो थ्री अन थ्री (३×३) विधाका खेल सञ्चालन हुनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →