TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Jun 17, 2026 · Swadesh

१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ र आइएसएको लगातार दोस्रो जित

१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

२ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । 

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन समूह बी मा रहेको बुढानिकण्ठले लुम्बिनी प्रदेशलाई ५४-२५ को फराकिलो अन्तरले हरायो । 

बुढानिलकण्डले तीन क्वाटर आफ्नो पक्षमा पार्दा एक क्वाटरमा दुवैले समान अंक जोडेको थियो । बुढानिलकण्डले  २०-६, १४-१४, १०-३, १०-२ को प्रदर्शन गर्‍यो । बुढानिलकण्ठकी लोरिशा गौचन प्लेअर अफ दि म्याच भइन् भने अनुसा मल्लले सर्वाधिक ११ अंक स्कोर गरिन् । 

बुढानिलकण्ठले पहिलो खेलमा ग्राण्डी स्टार्सलाई पराजित गरेको थियो । 

समूह बी कै अर्को खेलमा ग्राण्डी स्टार्सले ट्रेनिङ ग्राउण्डलाई ५५-३४ ले पराजित गर्दै पहिलो जित हात पार्‍यो । 

ग्राण्डी स्टार्सले ट्रेनिङ ग्राउण्ड विरुद्ध १५-६, ९-१४, १७-७, १४-८ को प्रदर्शन गर्‍यो । ग्राण्डी स्टार्सकी विनामनी योन्जनले सर्वाधिक १४ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।  

पहिलो खेलमा लुम्बिनीलाई पराजित गरेको ट्रेनिङ ग्राउण्डको भने यो पहिलो हार हो । 

यस्तै समूह ए मा रहेको आइएसए नेपालले अन्नपूर्ण बास्केटबल एसोसिएसनलाई ४८-२३ ले हराउँदै लगातार दोस्रो जित हात पार्‍यो । आइएसए पहिलो क्वाटरमा ५-८ ले पछि परेपनि त्यसपछिको तीन क्वाटरमा १४-६, १५-२, १४-७ ले आफ्नो पक्षमा पार्दै विजयी भयो । 

खेलमा सर्वाधिक १२ अंक स्कोर गरेकी आर्शा राज भण्डारी प्लेअर अफ दि म्याच घोषित भइन् । 

पहिलो खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई पराजित गरेको थियो । 

यस्तै समूह ए कै अर्को खेलमा सुनसरीले लेट्स गो बास्केटबल एकेडेमीलाई ४१-३३ ले हराउँदै पहिलो जित दर्ता गरेको छ । खेलमा सुनसरीले  १२-५, १४-१६, ५-८, १०-४ को प्रदर्शन गर्‍यो । 

खेलमा आस्था राई प्लेअर अफ दि म्याच घोषित भइन् । उनले १२ अंक स्कोर गरिन् । 

नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ । 

प्रतियोगितामा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रनगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 0 0
1 Colombia 0 0
1 Portugal 0 0
1 Uzbekistan 0 0
सबै समूह →