← समाचारमा फर्कनुस्
साम्बाको गोलमा नेपाल र बांगलादेशको बराबरी

काठमाडौ- इन्जुरी समयमा गोल गर्दै सावित्रा भण्डारीले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई हारबाट जोगाएकी छिन्।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा बिहीबार सम्पन्न खेलमा अग्रता नेपालले घरेलु टोलीलाई १-१ गोलको बराबरीमा रोकेको हो। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएको थियो।
खेलको ६५औँ मिनेटमा सबिना खातुनको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। तर, इन्जुरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।
अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |