← समाचारमा फर्कनुस्
सन् २०२६ मा हुने विश्वकपको मिती तोक्दै लोगो सार्वजनिक

काठमाडौ- विश्व फुटबल सर्वोच्च निकाय (फिफा)ले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गरेका हुन् ।
ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित बिहिवार एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप सहितको लोगो सार्वजनिक गरेको हो ।
त्यस अवसरमा अबको तीन वर्षपछि हुने प्रतियोगिताको फाइनल खेलको मिति पनि घोषणा गरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल सन् २०२६ को १९ जुलाई आइतबार हुनेछ ।
यो विश्वकपबाट फिफाले हाल रहेको सहभागी संख्या ३२ टोलीबाट बढाएर ४८ बनाएको छ । खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |