← समाचारमा फर्कनुस्
Football Apr 19, 2023 · Shishir

नापोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

नापोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ- घरेलु प्रतिद्वन्द्वी नापोलीलाई हराउदै एसी मिलान युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलि नापोली र मिलानले १-१ गोलको बराबरी खेलेपछि मिलानले समग्रमा २–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

मिलानका लागी ओलिभर जिरुडले गोल गर्दा नापोलीका लागी भिक्टोर ओसिमहेनले गोल गरे।

सन् २००७ को विजेता मिलान त्यसपछि पहिलेपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो।

फाइनल प्रवेशका लागी मिलानले इन्टर मिलान र वेनफिकाबीचको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →