← समाचारमा फर्कनुस्
Football May 10, 2023 · Shishir

च्याम्पियन्स लिगः पहिलो लेगमा रियल र सिटीको बराबरी

च्याम्पियन्स लिगः पहिलो लेगमा रियल र सिटीको बराबरी

काठमाडौ- यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

राति रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । 

घरेलु टोली रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो । 

खेलको ३६औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । रियलका लागि भिनिसियस जुनियरले गोल गरे । 

तर, दोस्रो हाफको ६७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरीमा ल्यायो । सिटीका लागि गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे । 

यस्तै खेलको ९०औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन् । अब, दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ ।

सेमिफाइनल चरणको दोस्रो खेलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →