← समाचारमा फर्कनुस्
Football Jun 18, 2023 · Shishir

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब ९टोखा०ले जितेको छ । 

सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सँघलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

निधारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । जसमा भगवतीका गोलरक्ष जियारत शेखले काभ्रेका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए । 

पहिलो हाफको खेलमा सुरुवताी अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो । 

गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्ने प्रमुख अतिथि, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का लगायत ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको सिन्धुकपको विजेताले भगवतीले नगद २ लाख र उपविजेता काभ्रे नगद १ लाख पायो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →