← समाचारमा फर्कनुस्
'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरुहुने खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लब भिड्दैछन्।
जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहदा एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।
मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहदा आर्मी २१ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे चर्च ब्वाइज युनाईटेड र संकटा क्लब भिड्दैछन्।
चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहदा संकटा २१ खेलमा २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |