← समाचारमा फर्कनुस्
Football May 24, 2023 · Shishir

ए डिभिजन लिगमा आज तीन खेल हुदै

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौ- जारि काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् ।

आज पहिलो खेल अपराहन्न २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र न्यूरोटिम बीच हुदैछ ।

आर्मीको २० खेलमा २९ अंकका साथ पाँचौं स्थानमा रहदा एनआरटि समान खेलमा २३ अंकसहित ११औ स्थानमा छ ।

दोस्रो खेल अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच हुदैछ ।

एपीएफ २० खेलमा २३ अंकसहित १०औं स्थानमा रहदा संकटा २० खेलमा २३ अंकसहित १२औं स्थानमा रहेको छ ।

अन्तिम खेलमा साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच हुदैछ ।

जावलाखेल २० खेलमा ३३ अंकसहित तेस्रो स्थानमा रहदा मछिन्द्र क्लब समान खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →