← समाचारमा फर्कनुस्
'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटार भिड्दैछन्।
२० खेलमा २५ अंक जोडेको पुलिस तालिराको १० औं स्थानमा रहदा पुच्छारमा रहेको खुमलटारको समान खेलमा २१ अंक रहेको छ।
त्यस्तै अन्तिम खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लब भिड्दैछन्। दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
२० खेलमा २६ अंक जोडेर शेर्पा आठौं स्थानमा रहदा थ्री स्टार समान खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |