← समाचारमा फर्कनुस्
Football May 13, 2023 · Shishir

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

दिउँसो ३ बजे हुने खेलमा दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लब मैदान उत्रिदै छ।

चर्च ब्वाइज १६ खेल ३० अंक सहित दोस्रो स्थानमा रहदा त्रिभुवन आर्मी क्लब १६ खेलमा २१ अंकसहित आठौँ स्थानमा रहेको छ ।

सोहि समय च्यासल मौदानमा मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दैछन्।

मछिन्द्रको १६ खेलमा २४ अंक सहित चौथो स्थानमा रहदा थ्री स्टार १६ खेलमा २५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेलमा साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपिएफ फुटबल क्लब र सातदोबाटो युवा क्लब भिड्दैछन्।

एपीएफ १६ खेलमा २२ अंकसहित छैटौं स्थानमा रहदा सातदोबाटो १६ खेलमा २३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →