← समाचारमा फर्कनुस्
थ्री स्टार र एनआरटीले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र एनआरटी क्लबले बराबरी खेलेका छन्।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र एनआरटीक्लबले गोलरहित बराबरी खेलेका हुन्।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलिले गोल गर्ने अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
यो बराबरीसंगै थ्री स्टारले लिग लिडर बन्ने अवसर गुमाएको छ । थ्रीस्टारको १६ खेलमा २५ अंकसहित लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।
उता एनआरटीको १६ खेलमा १८ अंकसहित ११औं स्थानमा उक्लिएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |