← समाचारमा फर्कनुस्
संकटालाई हराउदै थ्री स्टार लिगको दोस्रो स्थानमा

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज भएको अन्तिम खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले संकटालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुईगोल गर्दा सन्तोष शाहुखलले एक गोल गरे।
आजको खेलमा मार्टिन्सले पेनाल्टीमा गोल गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुक्न पुगे।
यो जितसंगै थ्री स्टारको ११ खेलमा २१ अंक भएको छ। फता संकटा ११ खेलमा १५ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |