नवौं सिन्धुकप : फाइनल प्रवेशको लागि काभ्रे र एपिएफ भिड्दै

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिवार) दोस्रो तथा अन्तिम सेमिफाइनलको खेल हुँदैछ ।
सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा आज हुने खेलमा काभ्रे जिल्ला फुटबल संघ र विभागिय टोली एपिएफ फुटबल क्लबबीच दिउँसो ३:३० बजेबाट सुरु हुँदैछ ।
पहिलो खेलमा दोलखा जिल्ला फुटबल संघमाथि २-७ गोल अन्तरको फराकिलो जित निकालेको काभ्रे आज पनि जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा रहेको छ । यता एपिएफले आफ्नो पहिलो खेलमा प्लानिङ युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै काभ्रे सँगको भेट पक्का गरेको हो ।
यस्तै पहिलो सेमिफाइनलका खेलमा श्री भगवती क्लब (टोखा)ले ब्रिगेड ब्वाइज क्लबलाई ४-१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |