सिन्धुकप फुटबल प्रतियोगिता : ब्रिगेडलाई हराउँदै श्री भगवती फाइनलमा

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलका खेलमा श्री भगवती क्लब टोखाले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बसन्तपुरस्थित खेल मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्रिगेड ब्वाइजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
श्री भगवतीको जितमा अम्रित लामा, निराजन धामी, स्टेफेन जुनियर र फोडे फोफोनाले समान १/१ गोल गरे । यता ब्रिगेडका लागि गौरभ राना मगरले सान्तवना गोल गरे ।
खेलमा सुरुवाती अग्रता बनाएको भगवती पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो ।
यो जितसँगै भगवती फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेता टोलीसँग असार २ गते प्रतिस्पर्धा गर्नेछ ।
२८ जेठबाट सुरु भएको प्रतियोगितामा भोलि अन्तिम सेमिफाइनलमा काभ्रे जिल्ला फुटबल संघ र विभागिय टोली एपिएफ क्लबबिच हुनेछ । युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |