← समाचारमा फर्कनुस्
शेर्पाले एपिएफलाई हरायो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एन्फा मुख्यालयमा भएको खेलमा हिमालय शेर्पा क्लबले विभागिय टोली नेपाल एपिएफ फुटबल क्बललाई पराजित गरेको छ ।
शेर्पाले एपिएफलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
हिमालयनको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले १/१ गोल गरे । यता एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले समान १/१ गोल फर्काए ।
जितसँगै शेर्पाले जारी लिगमा छैटौं जित निकालेको छ । शेर्पाको १९ खेलबाट २४ अंक गरेको छ । पराजित एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |