← समाचारमा फर्कनुस्
Basketball Jun 17, 2023 · Shishir

मनास्लु र लालीगुराँस प्रिक्वाटरफाइनलमा

मनास्लु र लालीगुराँस प्रिक्वाटरफाइनलमा

मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित ग¥यो । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो ।

सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, एसकेसी नेपाल ‘ए’, स्किब्स ‘बी’, दुभ, टुख्या, केआईएनएस, प्रकाश ‘बी’ र टाइम आउटले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

 प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव र नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राईले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् ।  

विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।

 ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →