← समाचारमा फर्कनुस्
Football May 13, 2023 · Shishir

दिपकको उत्कृष्ट प्रदर्शनमा एपिएफविरुद्ध सातदोबाटोको शानदार जित

दिपकको उत्कृष्ट प्रदर्शनमा एपिएफविरुद्ध सातदोबाटोको शानदार जित

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दिपक राज सिंह ठकुरीको उत्कृष्ट प्रदर्शनमा सातदोबाटो युवा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।

त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा सातदोबाटोले एपिएफलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोलाई जिताउन दिपकले २ गोल गर्दा विलियम ओपोकुले १ गोल गरे ।

यो जितसंगै सातदोबाटो १७ खेलमा २६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । उता एपिएफ १७ खेलमा २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →