← समाचारमा फर्कनुस्
Football Jun 27, 2023 · Shishir

साफमा नेपालको सान्त्वना जित

साफमा नेपालको सान्त्वना जित

सान्त्वना जितसँगै साबिक उपविजेता नेपालले साफ च्याम्पियनसिपको अन्त्य गरेको छ। बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ए को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलअन्तरले पराजित गरेको हो। 

नेपालका फरवार्ड विमल घर्तीमगरले पहिलो हाफको अन्त्यमा गोल गर्ने अवसर प्राप्त गरेका थिए। तर, गोलमा परिणत गर्न सकेनन्। दोस्रो हाफको ७९औँ मिनेटमा नेपालले अग्रता लियो। 

नेपालका आशिष चौधरीले डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिवर्तन भयो। साफ उनको डेब्यू प्रतियोगिता हो।

त्यसपछि नेपाल र पाकिस्तानले केही अवसर सिर्जना गरेका थिए। तर, दुवै टोलीले सदुपयोग गर्न सकेनन्। 

नेपाल र पाकिस्तान यस खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको थियो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए।

दोस्रो खेलमा नेपाल भारतसँग २-० गोलअन्तरले पराजित भयो। पाकिस्तान भने कुवेत र भारतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो। यस समूहबाट कुवेत र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

समूह चरणको अन्तिम खेलमा मंगलबार नै भारत र कुवेतले प्रतिस्पर्धा गर्दै छन्। यो खेल बेलुका ७:४५ बजेबाट शुरू हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →