खुमलटारविरुद्ध संकटाको सहज जित

काठमाडौ- तीन गोल गर्दै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ।
दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ। संकटाले सातदोबाटो युथ क्लब, न्यूरोड टिम (एनआरटी), एपीएफ र थ्रीस्टारलाई पछाडि पारेको हो। संकटासँग रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबको भन्दा ५ अंक बढी रहेको छ। फ्रेन्ड्सले आइतबार बेलुका मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाका लागि निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले १/१ गोल गरे।
खेलको १६औँ मिनेटमा मनिष पौडेलको लागि आएको बललाई खुमलटारका डिफेन्डर विशाल बस्नेतले हेडर गरेर जोगाउने प्रयास गरेका थिए। तर, दायाँ गाला सिधै बल आएपछि उनले हातले रोके। डिबक्सनजिक पाएको फ्रिकीकलाई संकटका निशान खड्काले गोलमा परिणत गरे।
३७औँ मिनेटमा आयुष घलानले अर्को मौका खेर फ्याँके। मनिष डाँगीले पहिलो बारबाट दिएको पासलाई आयुषले ६ यार्डबाट वान टचमा प्रहार गरेपनि आकासियो।
एक मिनेट बित्न नपाउँदै आयुषले संकटाको लागि दोस्रो गोल गरे। मनिष पौडेलले दिएको पासलाई आयुषले डिबक्स भित्रबाट फिनिसिङ गरे। जारी लिगमा आयुषको यो तेस्रो गोल हो।
४०औँ मिनेटमा निशान खड्काले खुमलटारका खेलाडीबाट खोसेर ल्याएको बललाई अगाडी बढाउँदै मनिष पौडेललाई दिएका थिए। तर, उनले टाइम लिँदै प्रहार गरेपनि संकटाका गोलरक्षक राजकुमार लिम्बुले पञ्च गरे।
७८औँ मिनेटमा परिवर्तित खेलाडी चन्दनले संकटाको अग्रता ३-० गोलअन्तरमा पुर्याए। उनले युसुफ आर्टिसले दिएको पासलाई सदूपयोग गरेका हुन्। ८९औँ मिनेटमा खुमलटारले गोलकझ अवसर सिर्जना गरेको थियो। तर, मनिष थापाको प्रहारलाई गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाए।
दोस्रो हाफको इन्ज्युरी समयमा संकटाका युसुफले अर्को मौका खेल फ्याँके। चन्दनकुमारले दिएको पासलाई डिबक्सनजिकबाट प्रहार गरेका थिए। तर, उक्त प्रहार बाहिरियो।
त्यसपछि दुवै टोलीले केही गोलका अवसर सिर्जना गरे। तर, गोलमा परिणत गर्न सकेनन्। हारसँगै खुमलटार पुछारमा यथावत् रहेको छ। खुमलबाटरको २४ खेलबाट २४ नै अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |