← समाचारमा फर्कनुस्
साफ च्याम्पियनसिप : समूह विजेता बन्दै लेवनान सेमिफाइनलमा

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बि को विजेता बन्दै लेवनानले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
बुधबार बैंग्लोरस्थित श्री कान्तिरभा रंगशालामा भएको समूह बी को अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै लेवनान समूह विजेता बनेको हो ।
लेवनानको जितमा कप्तान हसान मातुकले गोल गरेका थिए । उनले फ्रिकिकमा गरेको गोल नै निर्णायक बन्यो ।
उक्त जितसँगै लेवनान अपराजित रहेर समूह विजेता बनेको हो । लेवनानले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा कुवेतले समूह बी को उपविजेतासँग खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |