← समाचारमा फर्कनुस्
संकटाविरुद्ध सातदोबाटोको सहज जीत

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटाविरुद्ध सातदोबाटोले सहज जीत निकालेको छ।
च्यासल रंगशालामा भएको खेलमा रोयल ब्लु सातदोबाटोले संकटा क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
सातदोबाटोलाई जिताउन दीपक राजसिंह ठकुरी र विलियम एसिडेउले समान २-२ गोल गरे ।
यो संगै दिपक ९ गोल गर्दै जारि लिगको टप स्कोरर समेत बनेका छन्।
यो जितसंगै सातदोबाटो १२ खेलमा २१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
उता संकटा १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा कायम रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |