← समाचारमा फर्कनुस्
सातदोबाटोलाई शिर्ष स्थानमा फर्किने मौका

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् ।
पहिलो खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब च्यासल रंगशालामा भिड्दैछन्। यी दुईबिचको खेल दिउसो ३ बजे सुरु हुनेछ।
लिगमा संकटा अहिलेसम्म ८ खेलमा १२ अंकका साथ तालिकाको आठौ स्थानमा रहेको छ ।
उता एपीएफ ९ खेलमा ११ अंक सहित १०औँ स्थानमा रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। यी दुई टोलि साँझ ६ बजेदेखि दशरथ रंगशालामा भिड्दैछन्।
सातदोबाटो आजको खेल जित्दै शिर्ष स्थानमा फर्किने लक्ष्यमा रहेको छ। लिगमा उसको ८ खेलमा १६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
उता पुलिस ८ खेलमा ४ अंक सहित लिगको पुछारमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |