← समाचारमा फर्कनुस्
Football Jun 24, 2023 · Shishir

नेपालको साफ जित्ने सपना समाप्त

नेपालको साफ जित्ने सपना समाप्त

काठमाडौ- भारतसँग पराजित हुँदै नेपाल साफ च्यामपियन्सिपको समूह चरणबाटै बाहिरिएको छ। बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा शनिबार सम्पन्न दोस्रो खेलमा भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

भारतका कप्तान सुनिल क्षेत्री र महेश सिंह नाओरेमले गोल गरे। साविक उपविजेतासमेत रहेको नेपालले पहिलो हाफमा कीर्तिमानी च्याम्पियन भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। तर, निरन्तर आक्रमण बुनिरहेको भारतसामू नेपाली डिफेन्डरको केही चलेन।

भारतले ६२औँ मिनेटमा शुरूआती अग्रता लियो। सहल अब्दुल समदले दिएको बल अनुभवी डिफेन्डर अनन्त तामाङ र रोहित चन्दसामूबाटै सुनिलको खुट्टामा पुग्यो। उनले सिक्स यार्डबाट उक्त बललाई टच गर्दै गोलमा परिणत गरे।

जारी प्रतियोगितामा उनको यो चौथो गोल हो। उनले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए। अन्तर्राष्ट्रियतिर भने उनको यो ९१औँ गोल हो।

भारतले ७०औँ मिनेटमा दोहोरो अग्रता लियो। काउन्टर अट्याकमा रोहित कुमारले दिएको बललाई सुनिलले सिक्स यार्डबाट प्रहार गरेका थिए। उक्त बललाई गोलरक्षक किरण चेम्जोङले बचाए। तर, क्लिअर नभएको बललाई गोल लाइनबाट महेशले हेडर गर्दै गोलमा परिणत गरे। त्यसपछि भारत र नेपालले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन। 

जितसँगै भारत सेमिफाइनमा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० गोलअन्तरले पराजित गरेकोथियो। यही समूहबाट आमन्त्रित टोली कुवेत पनि सेमिफाइनल प्रवेश गरिसकेको छ। कुवेतले पहिलो खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। शनिबार नै भएको पहिलो खेलमा कुवेतले  पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्‍यो। 

नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →