← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

मेस्सीले पिएसजी छाड्ने पक्का

मेस्सीले पिएसजी छाड्ने पक्का

काठमाडौ- अर्जेन्टिनाका विश्वविजेता लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन्ट पिएसजी छाड्ने भएका छन्।

ट्रान्सफर मार्केटका च्रचित पत्रकार फाब्रिजियो रोमानियोले मेस्सीले यसै सिजनको अनत्यमा क्लब छाड्ने जानकारी दिएका छन्।

मेस्सीको पिएसजी बसाइ सफल भने हुन सकेन। साथै घरेलु समर्थकहरुको पनि उनले साथ पाएका छैनन्।

यसअघिनै मेसीलाई पिएसजीले अनुशासन उल्लंघन गरेको कारण दुई साताका लागि प्रतिबन्ध गरिसकेको छ।

दुई सिजन पिएसजीमा बिताएका मेस्सीले क्लबका लागी ३१ गोल र ३५ असिस्ट गरेका छन्। साथै उनले फ्रेन्च लिग वानको उपाधि पनि जितेका छन्।

उनी अब कुन क्लबमा जान्छन त्यस्को टुंगो भने लागिसकेको छैन। तर उनी आफ्नैपुर्व क्लब बार्सिलोना फर्किने सम्भावना रहेको छ। उनलाई यसअघि साउदिको अल हिलाल र अमेरिकाको मिआमीले प्रस्ताव राखिसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →