← समाचारमा फर्कनुस्
लिग लिडर जावलाखेललाई हराउदै पुलिस रेलिगेसन बाहिर

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लिग लिडर जावलाखेल नेपाल पुलिस क्लसंग पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले जावलाखेललाई २-१ गोलअन्तरले पराजित गरेको हो।
पुलिसको जितमा मोसेस ग्याबाहले खेलको ३५औ मिनेटमा र अहमद हिजाजीले खेलको ८८ औ मिनेटमा गोल गरे ।
उता जावलाखेलका लागी खेलको ८९ औं मिनेटमा विपिन कँडेलले गोल गरे।
यो जितसंगै पुलिस रेलिगेसन जोनबाट बाहिर निस्किएको छ। पुलिस १४ खेलमा १५ अंकसहित १० औं स्थानमा उक्लिएको छ ।
उता जावलाखेल १४ खेलमा २४ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |