← समाचारमा फर्कनुस्
Football May 24, 2023 · Shishir

आर्मीमाथि एनआरटीको जित

आर्मीमाथि एनआरटीको जित

काठमाडौ- तीन खेलमा जितविहीन रहेको न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एनआरटीले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

एनआरटीको जितमा कृतिश रत्न छुन्जुले गरेको गोल निर्णायक बन्यो। ७९औँ मिनेटमा सन्जिव विष्टले उपलब्ध गराएको थ्रू बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका हुन्।

लिगमा एनआरटी आर्मीसँग अपराजित रह्यो। यी दुईबीचको पहिलो खेल ३-३ गोलको बराबरीमा सकिएको थियो। जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौँ स्थानमा उक्लिएको छ।

एनआरटीले ६ जित, ८ हार र ७ बराबरी खेलेको छ। पराजित आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौँ स्थानमा यथावत् छ। आर्मीले समान खेलमा ७ जित, ८ बराबरी र ६ हार बेहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →