← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छ ।
दशरथ रंगशालामा ३ बजे खुमलटार क्लब र त्रिभुवन आर्मीबीच खेल हुँदैछ ।
लिगमा खुमलटार १८ खेलमा १७ अंकसहित पुच्छारमा रहदा आर्मी १८ खेलमा २५ अंकसहित छैटौ स्थानमा रहेको छ ।
सोहि समय एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लब भिड्दैछन्।
शेर्पा १८ खेलमा २२ अंकसहित १०औ स्थानमा रहदा एपीएफ क्लबू समान खेलमा समान अंकसहित नवौ स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे लिग लिजर चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब भिड्दैछन्।
चर्च ब्वाइज १८ खेलमा ३३ अंकसहित शिर्ष स्थानमा रहदा पुलिस १८ खेलमा २२ अंकसहित १२औ स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |