← समाचारमा फर्कनुस्
न्युकासल २ दशकपछि च्याम्पियन्स लिगमा छनोट

काठमाडौ- प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेसंगै न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ ।
यो बराबरिसंगै न्युकासलले शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।
न्युकासलले सन् २००२-०३ मा च्याम्पियन्स लिगमा स्थान बनाएको थियो।
न्युकासलले म्यानचेष्टर युनाइटेड,लिभरपुल, टोटेनहम, चेल्सी जस्ता ठुला क्लबलाई पछि पार्दै ३७ खेलबाट ७० अंकसहित टप-४ सुरक्षित गरेको हो।
यसअघिनै उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ। त्यस्तै आर्सनलले दोस्रो स्थान सुरक्षित गरिसकेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |