एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको टुंगो लागेको छ ।
मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
समूहमा बी मा नेपालसहित चीन, म्यानमार र चाईनिज ताइपेई छन् । नेपालले आफ्नो पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग खेल्नेछ भने जुन ८ मा चीनसँग खेल्नेछ। जुन १० मा चाइनिज ताइपेसँग अन्तिम खेल खेल्नेछ।
दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ सम्म हुनेछ ।
नेपाली टोली
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, अञ्जली मचामासी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सन्दिपा भोलान
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |