← समाचारमा फर्कनुस्
Football Jul 11, 2023 · Shishir

मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली बांगलादेश प्रस्थान

मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली बांगलादेश प्रस्थान

बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय टाेली आज बंगलादेश लागेकाे हाे। 

नेपालले बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ। 

बंगलादेशकाे ढाकामा पहिलो मैत्रीपुर्ण खेल बिहिबार र दोस्रो खेल आइतबार हुनेछ। 

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। 

नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ। 

महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली  वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →