भियतनामविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौ- नेपाली राष्ट्रिय महिला फुटबल टोलिले आज पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा बलियो टोलि भियतनामविरुद्ध खेल्दैछ।
त्रिपपरेश्वरस्थित दशरथ रंगशालमा साझ ६ बजे सुरु हुने खेलमा नेपाललाई दोस्रो चरणमा स्थान बनाउन आज कम्तिमा पनि ४-० को स्पष्ट जित न्काल्न आवश्यक रहेको छ।
पहिलो खेल ५-१ ले गुमाएको नेपाल आज दबाबमा हुनेछ। नेपालले आज जित निकाल्न नसकेको अवस्थामा छनोट चरणबाट बाहिरिने छ।
छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।
भियतनामले आउदो महिला विश्वकप फुटबल खेल्दैछ। त्यस्तै फिफा वरीयतामा भियतनाम ३३औ स्थानमा रहेको बलियो टोलि हो।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |