← समाचारमा फर्कनुस्
सिरि ए उपाधि नजिक नापोली

काठमाडौ- इटालियन सिरी ‘ए’ लिग लिडर नापोली युभेन्ट्सलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
राति भएको खेलमा नापोलीले घरेलु टोलि युभेन्ट्सलाई १–० गोलअन्तरले पराजित गरेको हो।
नापोलिको जितमा जियाकोमा रास्पडोरीले इन्जुरी समयमा गोल गरे।
यो जितसँगै नापोलीको ३१ खेलबाट ७८ अंक पुगेको छ । समान खेलबाटै ५९ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ । उता दोस्रो स्थानमा रहेको लाजियो ३१ खेलबाट ६१ अंक रहेको छ।
नापोलिले अब एक खेल जितेको अवस्थामा डिएगो म्याराडोना पश्चात तीन दशक पछि पहिलो पटक लिग उपाधि जित्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |