← समाचारमा फर्कनुस्
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू

काठमाडौ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताउनुभएको छ ।
उहाँले आफ्नो मन्त्रालयमा आज पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताउनुभयो ।मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताउनुभयो । खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |