← समाचारमा फर्कनुस्
Football May 26, 2023 · Shishir

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

काठमाडौ- म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

राति भएको प्रिमियर लिगको खेलमा चेल्सीलाई पराजित गर्दै युनाइटेडले टप-४ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ गोलअन्तरको सहज जित दर्ता गराएको हो।

युनाइटेडका लागि क्यासिमेरो, एन्टोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले समान १-१ गोल गरे। उता चेल्सीका लागि जाआओ फेलिक्सले गरे।

यो जितसंगै युनाइटेड ३७ खेलबाट ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।  

यो संगै प्रिमियर लिगबाट शिर्ष चारमा रहदै म्यानचेष्टर सिटीसहित आर्सनल, म्यानचेस्टर युनाइटेड र न्युकासलले युरोपियन च्याम्पियन्स लिग  खेल्ने पक्का भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →