← समाचारमा फर्कनुस्
Football Apr 25, 2023 · Shishir

फ्रेन्ड्सविरुद्ध एनआरटी, आर्मीविरुद्ध चर्च ब्वाइज र मनाङविरुद्ध पुलिस मैदानमा

फ्रेन्ड्सविरुद्ध एनआरटी, आर्मीविरुद्ध चर्च ब्वाइज र मनाङविरुद्ध पुलिस मैदानमा

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज  तीन खेल हुँदैछन्।

दिउसो ३ बजे सुरु हुने खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन्। यी दुईबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

लिगमा फ्रेन्ड्स ११ खेलमा ११ अंक जोड्दै १२ औं स्थानमा रहदा एनआरटी ११ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सोहि समय एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।

लगातार ४ खेलमा पराजीत भएको मनाङ ११ खेलमा १५ अंक जोड्दै आठौं स्थानमा रहदा पुच्छारमा रहेको पुलिसको ११ खेलमा ६ अंक रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेड भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ।

आर्मी ११ खेलमा १६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहदा चर्च ब्वाज समान खेलमा १८ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →