← समाचारमा फर्कनुस्
मछिन्द्रसंग फ्रेन्ड्स स्तब्ध

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले राम्रो लयमा खेलिरहेको फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रलाई जिताउन चेन्जो ग्याल्सेनले खेलको ४५औं मिनेटमा र देवेन्द्र तामाङले ६३औं मिनेटमा गोल गरे। चेन्जोको जारि लिगमा यो डेब्यु गोल समेत हो!
यता फ्रेन्ड्सका लागी खेलको ७६औं मिनेटमा अमिनुले एक गोल गरे।
यो जितसंगै मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ। त्यस्तै फ्रेन्ड्सको ११ खेलमा ११ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |