← समाचारमा फर्कनुस्
Football May 06, 2023 · Shishir

ए डिभिजन लिगमा आज तीन खेल हुदै

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैछ । आजका दुई खेल अपराहन्न ३ बजेदेखि शुरु हुदा एक खेल साँझ ६ बजेदेखि शुरु हुनेछ ।

आज च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी) बिचको खेल अपराहन्न ३ बजेदेखि सुरपहुने छ ।

चर्च ब्वाइज १४ खेलमा २४ अंकसहित दोस्रो स्थानमा छ भने यो खेल जितेमा लिगको शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ । 

अर्को खेल सातदोबाटो युथ क्लब र  मनाङ मर्स्याङ्दी क्लबबीच अपराहन्न ३ बजे दशरथ रंगशालामा खेल हुनेछ ।

सातदोबाटोको १४ खेलमा २२ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ भने मनाङ मर्स्याङ्दीको १४ खेलमा १८ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ ।

आज हुने अन्तिम खेल थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

थ्री स्टारको १४ खेलमा २३ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ भने फेन्ड्स क्लबको १४ खेलमा १५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।







AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →