← समाचारमा फर्कनुस्
Football May 16, 2023 · Shishir

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १८औं राउन्डको खेलमा चर्च ब्वाइज युनाइटेडले रोयल ब्ल्यु सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । 

दशरथ रंगशालामा भएको खेलमा चर्चले सातदोबाटोलाई १-० गोलले पराजित गरेको हो । 

चर्चको जितमा सुभाष गुरुङले गरे । उनले दोस्रो हाफमा गरेको गोलमा नै चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो ।

जितसँगै चर्चले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । चर्चले १८ खेलबाट ३३ अंक जोड्यो भने पराजित सातदोबाटोको समान खेलबाट २६ अंक रहेको छ ।

यस्तै दोस्रो स्थानमा झरेको जावलाखेलको समान खेलबाट ३१ अंक रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →