← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैछ ।
३ बजेदेखि च्यासल मैदानमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन् ।
संकटा १५ खेलमा १७ अंकसहित ११औं स्थानमा रहेको छ। त्यस्तै सातदोबाटो १५ खेलमा २३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
सोहि समय दशरथ रंगशालामा थ्री स्टार क्लब र न्यूरोड टिम (एनआरटी) भिड्दैछन्। थ्री स्टार १५ खेलमा २४ अंकसहित तेस्रो स्थानमा रहदा एनआरटी १५ खेलमा १७ अंकसहित १२औं स्थानमा रहेको छ ।
आज साँझ ६ बजेहुने अन्तिम खेल दशरथ रंगशालामा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।
जावलाखेल १५ खेलमा २४ अंकसहित दोस्रो स्थानमा रहदा हिमालयन शेर्पा १५ खेलमा २० अंकसहित आठौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |