← समाचारमा फर्कनुस्
फ्रेन्ड्सविरुद्ध सहज जित निकाल्दै जावलाखेल शीर्षस्थानमा

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा फ्रेन्ड्स क्लबविरुद्ध सहज जित निकाल्दै जावलाखेल
शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबलाई जावलाखेलले ४-१ गोलअन्तरले पराजित गरेको हो।
जावलाखेलाई जिताउन एनकोटो मासोआबीले २ गोल गर्दा राहुल र फोडे फोफानाले समान १-१ गोल गरे ।
फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले १ गोल गरे।
यो जितसंगै लिग लिडर जावलाखेलको १७ खेलमा ३० अंक पुगेको छ । उता फ्रेन्ड्स १७ खेलमा १९ अंकसहित ११ अौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |