← समाचारमा फर्कनुस्
सातदोबाटो चर्च ब्वाइजसंग स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब चर्च ब्वाइजसंग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागी आशिष चौधरीले खेलको सातौं मिनेटमा र ४६ औं मिनेटमा मिलन राईले गोल गरे ।
यता सातदोबाटोका लागी खेलको ३४ औं मिनेटमा निरज चौधरीले गोल गरे।
यो जितसंगै चर्च ब्वाइज १० खेलमा १८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित भएको सातदोबाटो समान खेलमा १७ अंकसहित चौंथो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |