← समाचारमा फर्कनुस्
Football May 12, 2023 · Shishir

खुमलटारविरुद्ध एनआरटीको शानदार कमब्याक जित

खुमलटारविरुद्ध एनआरटीको शानदार कमब्याक जित

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिगमा फुटबलमा न्यु रोड टिम (एनआरटी) ले एफसि खुमलटारविरुद्ध शानदार कमब्याक जित दर्ता गराएको छ।

दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा एनआरटीले खुमलटारलाई ३-२ गोलअन्तरले पराजित गरेको हो।

एनआरटीले पहिलो हाफमा २-० ले पछि परेको खेलको दोस्रो हाफमा ३ गोल गरेको हो।

एनआरटीका लागी विक्रम धिमाल र निकोलस सङ्गले समान १-१ गोल गर्दा १ गोल आत्मघाती उपहार पायो। 

खुमलटारका लागि स्टेफन समिर विनोङ र राजिव लोप्चनले समान १-१ गोल गरे ।

यो जितसंगै एनआरटी १७ खेलमा २१ अंकका साथ नवौ स्थानमी उक्लिएको छ । उता खुमलटार १७ खेलमा १७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →