← समाचारमा फर्कनुस्
Football Apr 24, 2023 · Shishir

खुमलटारविरुद्ध एपिएफको सहज जीत

खुमलटारविरुद्ध एपिएफको सहज जीत

काठमाडौ- जारि स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको एकमात्र खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सका भएको खेलमा एपिएफले खुमलटारलाई २–० गोलअन्तरले पराजित गरेको हो।

एपिएफको जितमा खेलको २६औं मिनेटमा एब्डोउ रमानी र खेलको ७०औं मिनेटमा अर्मान्ड विडोमले समान १-१ गोल गरे।

यो जितसँगै एपिएफ १२ खेलबाट १७ अंक जोड्दौ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित भएको खुमलटार १२ खेलमा १३ अंकसहित ११औं स्थानमा कायम रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →