← समाचारमा फर्कनुस्
Football May 05, 2023 · Shishir

समिरको ह्याट्रिकमा खुमलटारद्वारा जावलाखेल पराजित

समिरको ह्याट्रिकमा खुमलटारद्वारा जावलाखेल पराजित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा लिग लिडर जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ।

स्टेफेन समिरको ह्याट्रिकको मद्दतमा एन्फा कम्प्लेक्समा खुमलटारले जावलाखेललाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

खुमलटारका लागी स्टेफेन समिरले ह्याट्रिक गर्दा मेसुके ओलुमोउले १ गोल गरे।

जावलाखेलका लागी विनोद केसीले १ गोल गर्दा खुमलटारका रोहित सुब्बाले आत्मघाती १ गोल गरे ।

यो जितसंगै खुमलटारले १५ खेलमा १७ अंक जोड्दा जावलाखेल १५ खेलमा २४ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →