← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

फ्रेन्ड्सविरुद्ध एपीएफ र खुमलटारविरुद्ध पुलिस भिड्दै

फ्रेन्ड्सविरुद्ध एपीएफ र खुमलटारविरुद्ध पुलिस भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ।

पहिलो खेलमा दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लबविरुद्ध एपीएफ क्लब भिड्दैछ। 

लिगमा फ्रेन्ड्स १२ खेलमा १४ अंक जोड्दै १० औं स्थानमा रहेको छ । उती एपीएफ १२ खेलमा १७ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

 त्यस्तै आज हुने अन्तिम खेलमा साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी खुमलटार र नेपाल पुलिस क्लब भिड्दैछन्।

लिगमा खुमलटार १२ खेलमा १३ अंक जोड्दै तालिकाको १२ औं स्थानमा रहेको छ । उता पुच्छारमा रहेको पुलिसको १२ खेलमा ९ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →