मौरिन्होलाई साउदी अरेबियाको प्रस्ताव

काठमाडौ- इटालियन क्लब ए एस रोमाका पोर्चुगिच मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई एशियन राष्ट्र साउदी अरेबियाले आफ्नो टिमको मुख्य प्रशिक्षकको जिम्मेवारि सम्हाल्न प्रस्ताव गरेको छ।
साउदीको राष्ट्रिय टिमको प्रशिक्षणका लागी मौरिन्होलाई १२० मिलियन युरो प्रस्ताव गरेको हो। उनलाई दुई वर्ष अर्थात सन् २०२४ सम्मका लागी अफर रेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।
प्रस्ताव आएपनि मौरिन्हो रोमामा खुशी रहेको र अझै केही समय त्यही रहन इच्छुक रहेको पनि सञ्चार माध्यमले जनाएका छन्। उनले यसअघिनै पोर्चुगिच टिमको प्रस्ताव पनि अस्विकार गरिसकेका छन्।
मुख्य प्रशिक्षकका रुपमा इङगल्यान्ड, इटाली, स्पेन र पोर्चुगलबाट क्लबलाई धेरै उपाधि जिताइसकेका मौरिन्होलाई उत्कृष्ट मध्येको एक प्रशिक्षक मान्ने गरिन्छ। उनले पोर्टो र इन्टर मिलानबाट युरोपियन च्याम्पियन्स लिग जितिसकेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |